२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

स्याङजा – स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ दारेगौडाकी आगलागीपीडित परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ ।

घरगोठ जलेर समस्यामा परेका स्थानीय भागरथी पाण्डेको परिवारलाई गल्याङ नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडासहित सहयोग गरेको हो । गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले आफ्नै कार्यकक्षमा सहयोग सामग्री हस्तान्तरण गर्दै पीडित परिवारको आवास निर्माणको व्यवस्था गरिदिने बताए ।उनले प्राकृतिक घटनाले ठूलो क्षति पुर्‍याएको अवस्थामा नगरपालिकाको तर्फबाट तत्कालका लागि सहयोग गरिने र निर्माण सामग्री उपलब्ध गराई घर निर्माण गरिने जानकारी दिए ।

नगरप्रमुख अधिकारीले भने, ‘स्थानीयले जनश्रमदान गरेर नगरपालिकाबाट २ लाख रुपैयाँ बराबरको निर्माण सामग्री दिई जसरी घर निर्माण गरिएको छ, त्यसरी नै पाण्डेको परिवारलाई पनि घर बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’ उनले नगरपालिका विपत्तिमा परेकाहरूका लागि सधैँ सेवामा रहेको भन्दै सक्दो सहयोग गर्ने आश्वासन दिए । नगरपालिकाले पाण्डे परिवारका लागि खाना पकाउने, खाने सम्पूर्ण भाँडाकुँडा, कृषि औजार, लो बेड, सिरक, डसनासहितका कपडा र मोबाइलसमेत उपलब्ध गराएको छ ।

पाण्डेको घरमा आगलागी हुँदा सम्पूर्ण सामग्रीसहित घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । नगरप्रमुख अधिकारीले आगलागीपीडित परिवारको निरीक्षण गरेपछि राहत सामग्री उपलब्ध गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]