२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

काठमाडौँ – एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अरु विषयमा दलहरूबीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले परराष्ट्र नीतिको मस्यौदा गर्दा सरकारले पूर्वपरराष्ट्र मन्त्रीहरू, पूर्वगृहमन्त्री वा विज्ञको राय नलिएकोमा असन्तुष्टि जनाए ।’सुरक्षा नीति र परराष्ट्र नीति परिवर्तन भइरहने दस्तावेज होइन । कतिपय देशमा अरु विषयमा दलहरू बीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुन्छ,’ नेता नेपालले भने, ‘मलाई थाहा छैन सरकारले पूर्व परराष्ट्र मन्त्रीहरू, पूर्व गृहमन्त्री वा विज्ञको राय लियो कि लिएन। मस्यौदा हेर्दा लिएजस्तो लागेन ।’

नेपाल दुई ठूला देशको बीचमा रहेकाले संवेदनशील विषयमा एकमत हुनुपर्ने नेपालले बताए । ‘हाम्रो देश दुई ठुला देशको बीचमा छ । यो अत्यन्तै संवेदनशील विषय हो । हाम्रो हित, मर्यादा र सम्मानको रक्षा कसरी गर्ने हो ? हाम्रो भुगोल विशाल छैन । आर्थिकरुपमा सप्पन्‍न होइनौं । यसबीच हाम्रो बलियो पक्ष भनेको एकता नै हो,’ नेता नेपालले बताए । मस्यौदालाई पूर्णता दिन समितिले उपसमिति बनाउनुपर्ने र त्यो उपसमितिमा सरोकारवालालाई राख्नुपर्ने बताए ।

नीतिमा पर्यटनलाई महत्त्व दिने, वैदेशिक रोजगारीमा जानेदेखि सबै विषय प्रतिविम्बित हुनुपर्ने उनले बताए । एउटै बैठकमा टुंगो लगाउने विषय नभएको भन्दै उनले यो नीति धेरै हिसाबले परिमार्जन हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]