२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

काठमाडौँ – महाभारतको पात्र पृथा (कुन्ती)लाई मुख्य पात्र बनाएर लेखिएको टेकनाथ दहालको उपन्यास ‘विवर्तन’विमोचन गरिएको छ ।

शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा कवि विष्णुविभु घिमिरे, समालोचक डा. लक्ष्मण प्रसाद गौतम, डा. ज्ञानु पाण्डे र लेखक दहालले उपन्यास विमोचन गरे ।पुस्तकमाथि बोल्दै समालोचक डा. लक्ष्मणप्रसाद गौतमले महाभारत विशाल सागर भएकाले यसबाट जति पनि उपकथा झिक्न मिल्ने बताए ।‘विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ’गौतमले भने, ‘महाभारतको सामान्य ज्ञान भएका पाठकलाई विवर्तनले आकर्षित गर्नेछ ।’

यस्तै समालोचक ज्ञानु पाण्डेले महिलाको सत्व महिलामै निहीत रहेको कुरा उपन्यासले उठाएको बताइन् । ‘महिला भोग्ने विषय भनेर गरिएको सामाजिक परिभाषाको विपक्षमा यो उपन्यास उभिएको छ’पाण्डेले भनिन्, ‘महाभारतकी कुन्तीको कथालाई आजको युगीन शैलीमा भन्न लेखक सफल छन् ।’प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले वर्षको सुरुमै पठनीय उपन्यास प्रकाशन भएको भन्दै लेखकको कल्पनाशीलताको प्रशंशा गरे ।

बाल्मिकी क्याम्पसमा उपप्राध्यापक रहेका लेखक टेकनाथ दहालको ‘विवर्तन’पहिलो उपन्यास हो । ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]