काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि डेनमार्कका नवनियुक्त राजदूत फ्रेडी भानेबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा कोरोनाभाइरसको विरुद्धको खोप आपूर्ति, जलवायु परिवर्तन र द्धिपक्षीय मुद्दामा छलफल भएको राजदूत भानेले जानकारी दिए ।दिल्ली मामिलासमेत हेर्ने जिम्मा पाएका राजदूूत भानेले गैरआवसिय राजदूतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका थिए ।
उनले शुक्रबार नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरी, भारतीय राजदूत विनयमोहन क्वात्रा, युरोपेली राजदूत नोना डेप्रेजलाई पनि भेटेका थिए ।