गोरखा – सहिद लखन गाउँपालिका-९ नाम्जुङको छेलाङेमा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक बालकका मृत्यु भएको छ। मंगलबार बिहानी कक्षा पढेर विद्यालयबाट घर फर्केका १३ वर्षीय विवश ढकालको मृत्यु भएको हो।
ढकाल नाम्जुङको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए। घैरुङबाट नाम्जुङतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्रयाक्टरमा चढेर घर फर्किँदै गर्दा खसेर उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए।
प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।