३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

काठमाडौं – दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाका अनुसार सिंगटी बजार नजिकै लादुग गाउँमा घुमाउरो उकालो कच्ची सडकबाट प्रदेश–३, ०१, ०२३ च ७५८० नम्बरको जीप अनियन्त्रित भइ करिव १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बिगू गाउँपालिका–३ का चण्डिका थापा, रिता खत्री राधा खड्का र विनोद केसीको घटनास्थलमै मृत्यु भएको हो । जीपमा १० महिने शिशुसहित २२ जना सवार थिए । शिशुको अवस्था सामान्य रहेको र उनलाई परिवारको जिम्मा लगाइसकिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए ।

१७ जना घाइतेमध्ये सामान्य अवस्थामा रहेका २ जना उपचारपछि घर फर्किसकेको, १ जनाको चरिकोट अस्पतालमा उपचार भइरहेको र बाँकी १४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।

मुढेबाट सिंगटीतर्फ जाँदै गरेको प्रहरी रेकर्डमा भेटिएको तर जीप कहाँ गएर आएको थियो भन्नेबारे जानकारी लिन बाँकी रहेको उनले बताए । ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्दार हो । बिगू गाउँपालिकाकै स्थानीय जीप भएको र चालक तथा जीप धनी पनि दुर्घटनामा परेको भन्ने सुनेका छौं । सबै उपचाररत छन्,’ इन्स्पेक्टर कोइरालाले नेपालप्रेससँग भने, ‘दुर्घटनाकाे कारणबारे अनुसन्धान गर्दैछाैं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]