३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ३०, २०७७

रेसुंगा वन क्षेत्रमा चैत २५ गतेदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना‚ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

सल्लाको वन रहेकाले आगोले कुन मोड लिन्छ भन्ने थाहा नहुने‚ डढेलो लागेको क्षेत्रमा पानीको समस्या र भीर भएकाले पनि आगो नियन्त्रणमा लिन समस्या भएको पाण्डेले बताए। रेसुंगा क्षेत्रमा रहेको एनसेल‚ रेडियो नेपालको टावर र भ्युटावरलाई फायर लाइन खोली सुरक्षित गरिएको छ।डढेलो कसरी लाग्यो भन्ने जानकारी नभएको र वनमा आगो लगाउने व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।वन क्षेत्र‚ खरबारीमा आगो लगाउँदा नयाँ घाँस पलाउने‚ दाउरा र मल पनि हुने भन्दै स्थानीयले डढेलो लगाउने गरेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। वन क्षेत्रमा आगो लगाउने व्यक्तिलाई वन ऐन २०७६ अनुसार ६० हजार रुपैयाँसम्म जरिवाना‚ तीन वर्षसम्म कैद वा दुवै हुने व्यवस्था छ।

वन क्षेत्रमा आगो लगाउने व्यक्ति समाजका व्यक्तिहरुलाई थाहा भए पनि सूचना नदिने कारणले समस्या भएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]