२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २९, २०७७

काठमाडौं – नेपालको सुधारिएको नयाँ मानचित्र सरकारले औपचारिक रुपमै विद्यालय तहका पाठ्यपुस्तकमा राख्न थालेको छ ।

नयाँ नक्सा भएको पाठ्यपुस्तक अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले धमाधम छपाई गरिरहेको छ । यस वर्ष कक्षा ६ र ११ का पाठ्यपुस्तकमा नयाँ नक्सा राखिएको हो । ती पुस्तकको आवरण पृष्ठमा नयाँ नक्सा राखिएको हो । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईका अनुसार नापी विभागबाट औपचारिक रुपमा नयाँ नक्सा माग गरेर पाठ्यपुस्तकमा राखिएको हो । भट्टराईका अनुसार पाठ्य सामग्रीमा आवश्यकता अनुसार नयाँ नक्सा राखिने छ । २०८० भित्र विद्यालय तहका सबै पाठ्यपुस्तक परिवर्तन गरिँदैछ । पाठ्यपुस्तक परिवर्तन भएर नयाँ आउनासाथ त्यसमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

केपी शर्मा ओली सरकारले पश्चिम नेपालका छुटेका आफ्ना भूमि समेटेर गत जेठ ७ मा नयाँ मानचित्र जारी गरेको थियो । त्यसपछि संघीय संसद्ले संविधान संशोधन गरेर नयाँ मानचित्रलाई संविधानमा अंकित गरेको थियो ।जनक शिक्षाका प्रवक्ता चित्रप्रसाद आचार्यका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सामेल पाठ्यपुस्तक छपाई अन्तिम चरणमा पुगेको छ । उनको भनाई छ– ‘नयाँ नक्सा भएको पाठ्यपुस्तक छपाई भइरहेको छ । अन्य कक्षाको पाठ्यपुस्तक छपाई पनि अन्तिम चरणमा पुगेको छ । हामीले केही वर्ष यता शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यालयहरुमा पाठ्यपुस्तक पुराउँदै आएका छौं ।’पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा ६ र ११ बाहेक अन्य केही पाठ्यपुस्तकमा पनि नयाँ नक्सा सामेल गरिँदैछ ।

केही महिना अघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ९ देखि १२ सम्म पढाउने भन्दै ‘नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामग्री’ नामको किताब छाप्न लगाउनुभएको थियो । सो किताबमा गलत तथ्य तथा विचार राख्न लगाइएको थियो । त्यसपछि प्रधानमन्त्री केपी ओलीले सो पुस्तक वितरणमा रोक लगाएका थिए । यस पटक प्रधानमन्त्री ओलीकै अग्रसरतामा विद्यालय तहको पाठ्यपुस्तकमा नयाँ नक्सा छाप्न लगाइएको हो ।

यस वर्ष असार एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । त्यसपछि विद्यालयमा नेपालको नयाँ नक्सासहितको पुस्तक पढाइनेछ ।जनक शिक्षाले छपाई गरिरहेको नयाँ पाठ्यपुस्तकमा नयाँ नक्सासँगै कोभिड–१९ बाट बच्ने उपाय भएको सामग्री पनि चित्रसहित राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]