३० मंसिर २०८२, सोमबार
wait Please...

उमेश कुमार साह

शनिबार, चैत्र २८, २०७७

सप्तरी – सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित श्री चन्द्रा नमूना मा. बिद्यालयका शिक्षक प्रमोद झाको बिदाई कार्यक्रम सम्पन्न भएको छ।

बिधालय व्यवस्थापन समितिको अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा भएको कार्यक्रममा , दाता परिवार तथा पुर्व बिधालय व्यवस्थापन समितीको अध्यक्ष बृजेन्द्र कुमार सिंह यादव , दाता परिवार तथा श्री जियालाल रा. प्रा.बि बोदे बर्साईनकका बिधालय व्यवस्थापन समितिको अध्यक्ष दिलिप कुमार सिंह यादव , शिक्षक अभिभावक संघका अध्यक्ष महि नारायण यादव , बिधालय व्यवस्थापन समितिको सदस्यहरु सावित्री देबी यादव , कमलेश झा , अनिल प्रसाद सिंह , बिमला देबी यादव , श्याम कुमारि रोनियार र बिधालय परिवारको सम्पुर्ण कर्मचारी तथा उध्घोसकमा मा बि बोदे बर्साईनको शिक्षक जितेन्द्र प्रसाद गुप्ता , बिधालयको बिद्यार्थीहरु ,समाजसेवी एवं बुद्धिजीवीहरु लगाएतको आतिथ्यता रहेको थियो।

शिक्षकको रुपमा अध्यापन गर्दै आएका प्रमोद झा लाई बिदाई गरिएको छ ।बिधालयका प्रधानाध्यापक गौरी शंकर चौधरीले बताउनु भयो। बिधालय बाट बिदाई भएर जाने शिक्षक प्रमोद झाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नू भयो आफू उच्च शिक्षा पढ्ने क्रममा आफु पैसाकोलाई नभएर इज्जतलाई संमान गरि शिक्षाको तल्लो तहमा रहेर अध्यापन गरेको र आफू शिक्षक भएर यस बिधालयमा अध्यापन गरेको र अहिले यस बिधालयमा अध्यापन गर्दा आफ्नो चौतर्फी बिकास भएको बताउदै र हामी सम्पुर्ण कर्मचारीले यस बिधालयमा शिक्षा लाई नियन्त्रणता कायम राखदै पत्रकारीताको लाईन नछाड्ने बताउदै यस बिधालयमा रह्दा सहयोग गर्न बिधालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक , शिक्षक कर्मचारी बिद्यार्थीहरु लाई धन्यवाद व्यक्त गर्नु भएको छ।

बिदाई भएर जाने शिक्षक झाले यस बिधालयमा २०५१ साल भदौ देखि करिब २७ वर्ष अध्यापन गर्नु भएको थियो तथा चन्द्रा बाल क्लबको संरक्षकको रुपमा कार्य गर्नु भएको थियो । कार्यक्रमको बीच स्वागतमन्त्वको रूपमा यसै बिधालयको शिक्षक लिलानाथ बराल र बिदाईको गित शिक्षक धर्मदेव यादव तथा कक्षा ११ र १२ बिद्यार्थीले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]