२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २७, २०७७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाइन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी सुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए।यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने बताए।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ।आजदेखि थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको छ।सम्झौता पत्रमा हस्तान्तरण कार्यक्रममा अनलाइन सेवा प्रदायक कम्पनी फोन पे प्रालिको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ हाउस लि. (कनेक्ट आईपीयस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

आगामी दिनहरुमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालन सम्बन्धी महाशाखाले निर्धारण गरेको मापदण्ड पुरा गर्ने अन्य सेवा प्रदायकहरुलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]