
सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–६ मा सडक दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत स.८प ७३३० र स.६प ५२४३ नम्वरको मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको छ ।साे दुर्घटनामा स.६ प ५२४३ नम्वरको मोटरसाइकल चालक सप्तरीके खडक नगरपालिका वडा न.९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता साे दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
उहाका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता नियन्त्रणमा लिइएका मोटरसाइलक चालक अर्कै व्यक्ति रहेको दावी स्थानीयबासिहरुले गरेका छन् ।
ठक्कर दिने सक्कली चालकलाई उम्काउनको लागि नक्कली चाकललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा हाजिर गराइएको स्थानीयकाे भनाई छ । हुन त पहिले पनि धेरै धट्नामा समेत पैसा लेन देन गरेकाे सार्वजनिक भएकाे प्रमाण समेत बहिर अाएकाे छ। चालक हेरफेर गर्न डेढ लाख रुपैयाँको चलखेल भएको स्रोतले जनाएको छ ।सो दुर्घटनामा मृतकका बच्चाहरु पनि घाइते भएर उपचारार्थ आइसीयूमा छन् ।यता साे बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपिका अनुसार दुघर्टनामा ‘अन्य घाइतेहरु भए हामी रिपोर्ट पठाउँछौं । तर रकम लेनदेनको कुरा छैन् । उनले त्यसो भएको पाइए संलग्नलाई कारवाही गर्ने बताएका छन ।
यसैबिच मृतक युवककाे शव हाल पाेष्टमाट्मसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा राखिएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।