काठमाडौँ – ट्रेडमार्क बिनै गुणस्तरहीन मेहेन्दी बिक्री गरेको आरोपमा कलंकीबाट व्यापारी चेतन गोयल पक्राउ परेका छन् ।
वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले निशा ब्रान्डको मेहेन्दी उत्पादक कम्पनी हबिब काला कोकिला हिनाजका सञ्चालक गोयललाई मंगलबार पक्राउ गरेको हो ।महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार गैरकानुनी रूपमै नेपालबाटै लेबलिङ गरेर मेहेन्दी बिक्री गरेको पाइएको छ । कम्पनीको ट्रेडमार्क पनि दर्ता नभएको पंगेनीले बताए ।
गोदाम सिल गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।