३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

दुबई – इरान र अमेरिकाले परमाणु सम्झौताका विषयमा मंगलबार अप्रत्यक्ष वार्ता गर्ने भएका छन् । सन् २०१५ मा भएको परमाणु सम्झौता दुबै देशले पालना गर्ने विषयमा सहमति जुटाउने उद्देश्यले वार्ता गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट पछि हटेर इरानमाथि आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले परमाणु कायक्रमलाई पुनः निरन्तरता दिएको थियो । प्रतिबन्ध पश्चात् इरानले अमेरिकासँग कुनै पनि प्रकारका वार्तामा बस्न अस्वीकार गर्दै आएको थियो ।इरानले आफूहरूमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्ध हटाउनुुपर्ने माग राख्दै आएको छ ।“इरानविरुद्धको सबै अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने हाम्रो मुख्य एजेन्डा हो । हाम्रा सर्वोच्च नेताले बारम्बार दोहोर्‍याए जस्तै योभन्दा बाहेकका विषय सहमति सम्भव छैन,” एक इरानी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनको यो भनाइले मंगलबार हुने भनिएको वार्ता सफल हुनेमा आशंका पैदा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन सम्झौतालाई पुनर्जिवित गर्न चाहान्छ । तर यसका लागि वार्ता गर्न आवश्यक रहेको बाइडेन प्रशासनले जनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]