२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

भारतको छत्तीसगढमा शनिबार माओवादीको आक्रमणमा परी २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

टाइम्स अफ इण्डियाका अनुसार बिजापुर जिल्लामा शनिबार सुरूमा माओवादीहरूले एम्बुस आक्रमणमा गरेा थिए। त्यसपछि दुबैतर्फबाट गोली हानाहान भएको थियो।प्रहरीका अनुसार माओवादीका पनि केही मानिसहरू मरेका छन्। ‘नक्सलवादी विरूद्धको अपरेशनमा सुरक्षाको संयुक्त टोली गस्ती जाँदा तरेम क्षेत्रमा गोलीबारी भएको हो,’ छत्तिसगढका प्रहरी डिएम अवस्तीले भने।

छत्तीसगढका मुख्यमन्त्री भुपेस बाघेलका अनुसार माओवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको थियो।’नक्सलवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको थियो। नक्सालवादीहरूको ठूलो क्षति भएको छ,’ मुख्यमन्त्री बाघेलले भने।सात जना घाइतेलाई उपचारको लागि राईपुरमा पठाएको उनले जानकारी दिए। उनीहरू खतरामुक्त भइसकेका छन्।

माओवादीले सुरक्षाकर्मीहरूको दुई दर्जन बढी हतियारहरूसमेत लुटेको टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।गत मार्च २१ मा सुक्मा जिल्लामा माओवादीले गरेको एम्बुस आक्रमणमा परी १७ जना सुरक्षा अधिकारी मारिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]