काठमाडौँ – काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेको छ। धुलोका कणसँगै वायुमण्डलमा देशका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण निस्किएको धुवाँ मिसिँदा अवस्था नाजुक बनेको वातावरणविदले बताएका छन् ।
काठमाडौँ उपत्यकामा वायु प्रदूषणको तह विश्वकै सबैभन्दा धेरै पुगेको छ । धुवाँसहितको वायुका कारण आँखा पोल्ने, स्वासप्रस्वासमा समस्या हुने, टाउको दुख्नेसहितका समस्या देखिएका छन् ।
भिजिबिलिटी कम हुँदा हवाई सेवा पनि प्रभावित भएको छ ।