उडानका लागि योग्य भिजिविलिटी नहुँदा तीनबजे बन्द भएको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।
विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार एयर इन्डियाको जहाज काठमाडौंबाट उडेको छ भने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेका छन्। भिजिविलिटी बढ्दै गएपछि अहिले आइएफआर उडान खुलेको विमानस्थल प्रमुख प्रताप तिवारीले जानकारी दिए। यस्तो उडान प्रविधि भएका जहाजले आन्तरिक उडान पनि गर्नसक्ने उनले जानकारी दिए।
विमानस्थल बन्द भएपछि हङकङबाट आएको क्याथेप्यासेफिकको जहाज कलकत्ता डाइभर्ट भएको छ। यसअघि आन्तरिक उडानका काठमाडौं आउने उडानहरु विराटनगर,जनकपुर लगायतका विमानस्थलमा डाइभर्ट भएका थिए।