काठमाडाैं – गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।
कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले सबै जिल्लामा पत्र पठाएर यस्ताे निर्देशन दिएकाे हाे ।स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले परिपत्र गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बताए ।भारतमा कोरोनाकाे संक्रमण बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि गृह मन्त्रालयले भीडभाड हुन नदिनु परिपत्र गरेकाे उनले बताए ।
यस्तै नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको उनले बताए।