सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा पोखरीमा डुबेर आज दिउँसो एक बालिकाकाे मृत्यु भएको छ ।
सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा स्थानिय १३ वर्षीया अञ्जलीकुमारी यादवको डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हाे ।
यता मृतक बालिकाकाे शव हाल पाेष्टमाटृसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको सप्तरी प्रहरीले जनाएको छ ।