कंचनपुरमा रहेको महाकाली सिचाइको नहर किनारमा एक व्यक्तीको शव फेला परेको छ ।
शुक्रबार भिमदत्त नगरपालिका वडा नं. ५ स्थित पुर्ब पश्चिम महाकाली सिचाई नहरको उत्तर तर्फ नहरको किनाराको पानीमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो । खुट्टाको घुडा खुम्चिएर जमिनमा टेकीई दुबै हात र टाउको समेत सोही नहरको जमिनमा टेकिएको र हिलो माटो लागी पानीले भिजी चाउरी परि लेउ लागेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
उक्त घटना सम्बन्धमा प्रहरीलाई बिहान ७:०० बजेको सूचना प्राप्त हुँदा तत्काल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान टोली खटिएको थियो ।मृतकको शव परीक्षणको लागी महाकाली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए।
मृतकको परिचय नखुल्दा सनाखत हुन सकेको छैन ।