१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग प्रवक्ता शर्माले अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको बताएका हुन् ।यद्यपि, परिस्थिति बनेको अवस्थामा सरकारको नेतृत्व गर्ने परिस्थितिबाट नभाग्ने मनस्थितीमा सभापति शेरबहादुर देउवा रहेको प्रवक्ता शर्माले बताए ।आफुसँग भएका सांसदको संख्या र अन्य दलभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले कांग्रेसले धारणा तय नगरेको शर्माको भनाइ छ । सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टीले यसबारेमा आधिकारिक निर्णय गर्ने उनले बताए ।

एमाले, माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गर्दै प्रवक्ता शर्माले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]