३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ आगलागी हुदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा चार वटा घर जलेर खरानी बनेको छ भने आगोमा परेर एक जना गम्भीर घाइते समेत भएका छन् ।

स्थानीय हरिकिशुन खंंगको घरमा रहेको ग्यासकाे सिलिण्डर अचानक लिंक भएर आगलागी भएको स्थानीयबासिहरुले बताएका छन । साे आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चार घर जलेको वडा अध्यक्ष राजेन्द्र साहले बताएका छन ।उनका अनुसार आगोमा परेर हरिकिशुन गम्भीर घाइते भएका छन् । हरिकिशुनको उपचारको लागि तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अचल अस्पताल पठाइएको वडा अध्यक्ष साहले जानकारि दिए । रातिको समयमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सवै सरसमान जलेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार आगलागीमा झण्डै ७५ लाख भन्दा बढिकाे क्षति भएको वडा अध्यक्ष साहको भनाई छ ।

यता आगो राजविराज र हनुमाननगर नगरपालिकाबाट पुगेको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानियवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]