१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०२, २०७७

एजेन्सी -बलिउड अभिनेता गोबिन्दाले करिब १६ करोड घाटा ब्यहोर्नु परेको खुलासा गरेका छन् । उनले पछिल्लो एक अन्तरवार्तामा यस्तो खुलासा गरेका हुन् ।

साथै केहीले आफ्नो करियर पनि समाप्त पार्न खोजेको बताएको छन् । उनले भने, ‘पछिल्लो १४–१५ वर्षमा मैले पैसा लगानी गरेँ र मैले करिब १६ करोड घाटा बेहोर्नुपर्यो । केही मानिसहरूले ममाथि असाध्यै नराम्रो व्यवहार गरे । यिमध्ये केही इन्डष्ट्रिका मानिसहरू पनि थिए । मेरो फिल्मले थिएटर पाएन र उनीहरु मेरो करियर समाप्त गर्न चाहन्थे, जुन भएन । अब म सन् २०२१ मा धमाकाका लागि प्रतीक्षा गरिरहेको छु ।’उनले बलिउडमा आफुविरुद्ध षड्यन्त्र रचिएको पनि बताएका छन् । उनले भने, ‘भनिन्छ नि आफ्नो पनि पराई हुन्छन् । यदि भाग्य तपाईंको पक्षमा छैन भने तपाईँका आफ्ना मानिसहरू पनि तपाईं विरुद्ध हुने छन् ।’

९० को दशकमा गोबिन्दा सिनेमाघरमा राज गरेका थिए । यद्यपि, पछिल्लो केही वर्षमा उनका जुन फिल्म रिलिज भए त्यसले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । गोबिन्दाले यस अघि पनि आफ्नो करियर समाप्त गर्ने कोसिस गरिएको भन्नेबारे जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]