१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । नेपाल वितरक महासंघ केन्द्रीय समितिको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डां महतले उक्त कुरा बताउनुभएको हो ।

उदार अर्थनीतिले केबल देश विकास मात्रै नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने डा। महतले बताउनुभयो । ‘देशको राजस्व बढाउनका लागि उदार अर्थनीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन,’ उहाँले भन्नुभयो–‘सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ, बाँकी काम निजी क्षेत्रको पनि हो ।’ पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरिबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो ।‘सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘स्वदेशी पुँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गर्नुभयो ।

उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा। महतले व्यवसायीले पनि सही ढंगबाट कर तिर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]