१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम मकवानपुरको हेटौंडा–नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिक–६, सुनाचुरीमा रात्रीबस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बसका ७ जना र ट्रकचालक, सहचालक र एक यात्रुसहित १० जना घाइते भएका छन् । उनीहरुको हेटौंडा र भरतपुरस्थित पुरानो मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।झापाको काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५१४९ नम्बर बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना। ६ ख ८९ नम्बर ट्रक शनिबार विहान करिब ३ बजे एकापसमा ठोकिएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बसचालक पर्साको बीरगञ्ज–१५ बस्ने मदनकुमार थापाक्षेत्री, बसका यात्री भारतीय नागरिकद्वय करिब अभयलाल कुशवाह र सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसचालक र सुनिल कुमारको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्रगति र बाटोको अबस्थाका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । बसमा करिब ३५ यात्रु थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]