०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

सूर्यविनायक नगरपालिका ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ ।

उक्त दिन हजारौंको संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन आउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।महाशिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राती १२ बजेसम्म खुल्ला हुनेछ । उक्त मन्दिरमा वर्षको तीन दिनमात्र सर्वसाधारण भक्तजनहरूका लागि चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरूको लागि मात्र ढोका खुल्ला रहने गरेको छ । मन्दिरमा दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । महाशिवरात्री पर्व मूल समितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइतुले भने, ‘बिहीबार (भोलि) परेको महाशिवरात्रिका लागि तयारी पुरा भएको छ ।’

महाशिवरात्रिका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ । नेपाली सेनाका चिकित्सक र नर्सहरुको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने छ । नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएका छन् । मन्दिर व्यवस्थापन समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको व्यवस्था गरेको छ । महाशिवरात्रि दर्शनका लागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् ।

नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधु सन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]