प्रस्तुत मिसिलबाट देखिएको विवादको मूल विषय भनेको मुलनाम पनि नेपाल कम्युनिष्ट पार्टी र कोष्ठभित्र पनि छोटकरीमा सोही नाम नेकपा राखिनुले पार्टीको मुलनाम र संक्षिप्त नाम एकै राखेकोबाट अलग दल हो भन्नलाई फरक पहिचान केही देखिँदैन भन्ने नै रहेको र हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाम र कोष्ठमा एउटै भन्न मिल्दैन नाम जुधेको वा मिल्ने भनी भन्न नमिल्ने हुँदा राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१)(ङ) विपरीतसमेत छैन भन्ने विपक्षीको लिखित जवाफ रहेको सन्दर्भमा हेर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा दलहरू एकीकरण हुन वा गाभिन सक्ने सम्बन्धमा व्यवस्था भई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ८ मा दल एकीकरण हुने वा गाभिनेसम्बन्धी व्यवस्थाको बारेमा नियम ९ मा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुन नहुने भन्ने व्यवस्था गरिएको र नियम ९ कै उपनियम १ मा ऐन तथा यस नियमावलीबमोजिम दल दर्ता गर्दा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुने छैन भनी र उपनियम (२) मा दल दर्ताको लागि निवेदन दिने दुई वा सोभन्दा बढी दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित दलसँग परामर्श गरी सम्भव भएसम्म त्यस्ता दलहरूको सहमतिबमोजिम छुट्टाछुट्टै रूपमा पहिचान हुने गरी दल दर्ता गर्नेछ भन्ने व्यवस्था गर्दै उपनियम (३) मा उपनियम (२) बमोजिम परामर्श गर्दा सम्बन्धित दलहरूबीच सहमति नभएमा आयोगले त्यस्ता दलहरूको छुट्टाछुट्टै पहिचान हुने गरी दल दर्ता गर्नेछ भन्ने व्यवस्था रहेको पाइन्छ।
अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुनबमोजिम आवश्यक निर्णय गर्नू ,गराउनू प्रस्तुत विवादको सम्दर्भमा हेर्दा, साविकमा निर्वाचन आयोगमा दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका बीच दल एकीकरण गर्ने सम्बन्धमा दुवै दलका केन्द्रीय समितिबाट छुट्टाछुट्टै निणय भई संयुक्त रूपमा समेत मिति २०७५।०२।०३ मा निर्णय भई नेपाल कम्युनिष्ट पार्टी नामबाट दल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन परेको देखिन्छ। छलफलको क्रममा उक्त नाम अस्वीकार भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रलाई एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता कायम गरी दलले मागेको चिह्न र झण्डा प्रदान गर्ने भनि विपक्षीमध्येको निर्वाचन आयोगबाट मिति २०७५÷०२÷२३ मा निर्णय भएको भन्ने देखिएको छ। निवेकलेद माग गरेको विषयतर्फ हेर्दा मुलनाम नेपाल कम्युनिस्ट पार्टी र कोष्ठभित्र छोटकरीमा ने क पा राखिनुले अलग नाम नभै पार्टीको नाम एउटै भयो भनी गरिएको उजुरीउपर कारबाही गरी मिति २०७५।०७।०९ मा निर्णय गर्दा विपक्षीमध्येको निर्वाचन आयोगबाट विपक्षी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गरेकोलाई सदर गर्ने गरेको देखिएको छ।
यसरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संक्षिप्तमा नेकपा र नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा एउटै नाम हो वा होइन भन्ने प्रश्नका सन्दर्भमा हेर्दा, जहाँसम्म कोष्ठभित्र लेखिएको कुरा त केही फरक छ नि भन्ने भनाइ हो सो सम्बन्धमा विचार गर्दा सामान्यतयाः प्रयुक्त भएको अक्षरको उच्चारण र अभिव्यक्त भएपश्चात् त्यसबाट बुझिने अर्थमा कुनै भिन्नता महसुस हुन्छ हँुदैन त्यो नै महत्वपूर्ण कुरा हुने भएकोले त्यसतर्फ हेर्दा भिन्नता नदेखिई मिल्दोजुल्दो देखिन आएकोले त्यसले सारभूत भिन्नता राख्नेसमेत देखिँदैन। अर्कोतर्फ स्वयं विपक्षीको तर्फबाट पेस भै मिसिल समावेश भएको पार्टीको अन्तरिम विधानको बाहिरी मुखपृष्ठ र भित्र पार्टीको नाम उल्लेख भएकोमा समेत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उल्लेख भएको देखिएबाट दुई पार्टीको नाम फरक परेको भन्ने नदेखिई एकआपसमा एउटै मिले भिडेको भन्ने नै देखिन्छ। कानुनले स्पष्ट रूपमा कुनै काम गर्न मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारबाहीलाई अनुमति प्रदान गर्न मिल्दैन। जुन काम कुरा कानुनले प्रत्यक्ष रूपमा गर्न पाइँदैन भनेको छ सो कुरा अप्रत्यक्ष रूपमा समेत गर्न पाइँदैन।
विपक्षीहरूले दर्ता गराएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा मिति २०७५।०२। २३ मा नयाँ दलको रुपमा दर्ता गरेको भनी उल्लेख भएको र उही नाममा एउटा पार्टी सुरुमा मिति २०७०।०४।२२ मा र पछि मिति २०७४।०५।२२ मा नै दर्ता भइरहेकोमा निर्वाचन आयोगबाट पहिले दर्ता भइसकेको पार्टीको नामसँग मिल्ने गरी विपक्षीहरूको मागबमोजिम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) संक्षिप्तमा नेकपा दर्ता गर्ने गरी मिति २०७५।०२।२३ मा भएको निर्णयलाई सदर गर्ने गरी गरेको विपक्षीमध्येको निर्वाचन आयोगको मिति २०७५।०७।०९ को निर्णय फैसलामाथि उल्लेख भई विवेचना भएको आधार एवम् कारण तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) को प्रत्यक्ष उल्लंघन गरी भएको समेतबाट कानुनअनुरूप भएको भनी मान्न मिल्ने देखिन आएन। सोको थप पुस्ट्याइँ मिसिल संलग्न निर्वाचन आयोगमा पछिल्लो दर्ता भएको पार्टीको अन्तरिम विधानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामकरण गरी उल्लेख भएको व्यहोरा समेतबाट प्रस्ट भएको देखिन्छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम पहिले नै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू एकीकरण गरी नयाँ दल निर्माण हुँदासमेत सोही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनी ऐनमा व्यवस्था भएका प्रावधानहरूको उल्लंघन गर्ने गरी दल दर्ता गर्न मिल्ने देखिँदैन। यसरी दफा १० बमोजिमको निर्णय गर्दा दफा ६ को उल्लंघन गर्न मिल्दैन।
तसर्थ, माथि उल्लेख भई विवेचना भएको कानुनी आधार ‘कारणसमेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५।०२। २३ को निर्णय र सो निर्णयको सदर गर्ने गरी भएको मिति २०७५।०७।०९ को निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानुनी व्यवस्थाविपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ।
निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी ः लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण, गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्रः कानुनबमोजिम आवश्यक निर्णय गर्नू÷गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ।