२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

काठमाडौँ – नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उदेश्यले ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२१’ आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्ट यो अवार्ड आयोजना गर्न लागेको हो ।

वैशाखको पहिलो साता आयोजना हुने अवार्डको लागि अहिले आवेदन फर्म खुल्ला गरिएको छ । १५ चैतसम्म फारम भरिसक्नुपर्ने आयोजकले प्रावधान राखेकोछ । प्रतियोगितामा सहभागीका लागि १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सार्वजनिक भएका गतिसंगीत तथा फेसन हुनुपर्ने आयोजक संस्थाका निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिए ।अवार्डमा गीतसंगीत तर्फ आधुनिक, गजल, लोक, लोक दोहोरी, पप, लोक पप, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेक विशेष र भजन गीतहरुका थुप्रै बिधा समावेश छन् भने फेसन तर्फ यो कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाईनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट अर्गनाईजर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्ट्रिय व्युटिपेजेन्टलगायतका उपाधि रहेका छन् ।

अवार्ड समारोहमा संगीत, मोडलिङ र फेशनमा योगदान दिनेलाई समेत सम्मान गरिने कार्यक्रममा कला पत्रकारलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]