०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

सप्तरी – मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लूओसी)’ प्रदान गरिने भएको छ।नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान गर्न लागेको जनाएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २४ फागुनमा यो अवार्ड प्रदान गरिने भएको छ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रमको आयोजना गरि यो अवार्ड प्रदान गर्ने अमेरिकी दूताबासले जनाएको छ।

यो अवार्ड प्रायः ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गरिँदै आएको छ। यस अघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजईलाई प्रदान गरिएको थियो। उनी नोबेल पुरस्कार विजेता हुन्।

दुई वर्ष अघि एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि तेजाब आक्रमण गरिएको थियो। अहिले पनि उनको उपचार जारी रहेको छ।तेजाब आक्रमणमा परेकी मुस्कानले हिम्मत हारिनन्। उनले तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायको लागि प्रयास गरिरहिन्।उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि तेजाब हमलाविरुद्धको कानून ल्याउन आग्रह गरिन्। सरकारले अध्यादेशमार्फत कानुन ल्याएको छ।

यसका लागि मुस्कानले गरेको नेतृत्वदाही भूमिकाका लागि यो अवार्ड प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। “नेपालस्थित अमेरिकी दूतावास मुस्कान खातुनलाई तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित छ,” अवार्डको घोषणा गर्दै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, “नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ।”

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पनि आज बिहान ट्वीट गर्दै खुशी जनाएका छन्। उनले मुस्कानलाई बधाइ दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]