सप्तरी- काठमाडौंको नागढुंगाबाट २२ तोला सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट भारतका ३१ वर्षीय टपस सम्सालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
बुधबार साँझ पौने ६ बजे चेकपोइन्टमा प्रहरीले उनीमाथि चेक गरेको थियो।प्रहरीले सम्सा चढेको ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडीमा चेक गर्दा २२ तोला ३२ लाल सुन फेला पारेको थियो। एसपी बस्नेतका अनुसार उनीबाट २४ थान सुनको सिक्री बरामद गरेको हो।
थप अनुसन्धान गर्न प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग, हरिभवनमा लगेको छ।