०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण १५, २०७७

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १६३ वर्ष कैद असुली भएको जनाएको छ ।

साउन महिनादेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कूल १६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २५७ पुरुष र ९० महिला रहेका छन् । पक्राउ परेकामध्येबाट जरिवाना तिर्न बाँकी रहेको रु ५६ लाख १७ हजार ११५ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

अवैधानिकरुपमा नदीजन्य उत्खनन गर्ने ९४ वटा सवारी साधनलाई पक्राउ गरी सम्बन्धित पालिकामा पठाउँदा रु एघार लाख ३७ हजार जरिवाना तिरेका छन् । जबर्जस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका २४० मुद्दा दर्ता भएका छन् । उनले भने, “लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता भएकोमा ३८ पुरुष तीन महिला गरी ४१ पक्राउ परेका छन् ।”

जिल्लाको विभिन्न क्षेत्रबाट गरी ४४.४५ ग्राम गाँजा र डाइजोपाम, फेनरागन र नुफिन गरी कूल एक हजार ९९० एम्पुल बरामद गरिएको उनले बताए । चाडपर्व र अन्य समयमा जुवातास खेलिरहेको अवस्थामा ११० जुवाडे पक्राउ गर्दा जुवा खालबाट रु बाह्र लाख ५८ हजार १९० बरामद गरेको छ । मोबाइल चोरीपश्चात् खोजतसालको लागि प्रहरीमा निवेदन दिएकामध्ये ४१ जना सम्बन्धित व्यक्तिलाई मोबाइल फेला पारी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जघन्य अपराध घटनाका ९५ प्रतिशत कानूनी कठघरामा ल्याइएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । घटनापश्चात् केही अपराधी छिमेकी राष्ट्रमा लुकीछिपी बसेका कारणले नेपाल ल्याउन समस्या भएको उनले जानकारी दिए । दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसारपसारमा न्यूनीकरण, राजस्व चुहावट गरी चोरी गर्ने कार्यलाई निरुत्साहित गर्ने योजनासहित कामको थालनी गरिएको उनले बताए ।

त्यसैगरी २७ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार ७०० गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ । अवैधानिकरुपमा चोरी निकासी भएका ६०५ क्युफिट काठ बरामद भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]