सर्लाही – धनकौल गाउँपालिका ५ मा आगलागीबाट विभिन्न धनमाल जेलर नष्ट भएको छ ।
ग्याँस सिलिण्डर लिक भई बिलास महतोको घरमा हिजो (बुधवार) बिहान आगलागी हुँदा ४ थान टिभी, लत्ताकपडा र अन्नपात समेत जेलर करिब ११ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।आगलागीमा कुनै मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।