०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए।प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो। प्रदेश अन्तरगतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तरगत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसंग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति पाएको उप्रेतीले बताए।

देशमा संघीय संरचना सुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो। बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णय अनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको थियो।प्रदेश अन्तरगतका शाखाहरुको संयोजनकारी भूमिका निर्वाह गर्ने गरी छिटै प्रदेश शाखा कार्यालयहरु सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी दिए। प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिम लगायत प्रशासनिक कामको संयोजक गर्नेछ। राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्। बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले २ अर्ब ८५ करोड शेयर रकम छ। ५८ अर्ब निक्षेप संकलन गरी ३० अर्ब कर्जा लगानी गरेको छ।

बैंकले सदस्य संस्थाहरुसँग वित्तीय कारोबारसंगै संस्थाहरुको संस्थागत विकासका लागि स्तरीकरण लगायत शिक्षा तथा तालिमका कार्यक्रम सञ्चालन गरिएको सञ्चालक रामबहादुर जिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]