काठमाडौँ – सत्तारुढ नेकपाको ओली समूहले सर्वोच्चको फैसलालले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेको छ ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तर त्यो फैसलाले मुलुकलाई राजनीतिक अस्थिरता तर्फ धकेल्ने प्रकारको भएको ओली समूहको निर्णय छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग परामर्श गरेपछि राजीनामा दिने या नदिने टुंगोमा पुग्ने सहमति बनेको छ ।विभिन्न राजनीतिक दल र विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने अनिमात्र राजीनामा दिने तयारी रहेको उनले बताए । राजीनामा दिएर पनि लामो समयसँम्म नयाँ प्रधानमन्त्री बन्न नसकेर कामचलाउ सरकारले काम गरेको विगतलाई मध्येनजर राखेर छलफलपपछि मात्र राजीनामाबारे निश्कर्षमा पुग्ने ओली समूहले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । राजनीतिक परिस्थिति र आगामी दिनमा आफूहरु कसरी अघि बढ्ने भन्दै बैठकमा छलफल भएको एक नेताले बताए । मुलुकलाई अनिर्णयको बन्दि नबनाउने तर राजीनामाबारे केन्द्रीय कमिटी र संसदीय दलमा छलफल गरेर निश्कर्षमा पुग्ने निर्णयसमेत भएको छ । ओली समूहका व्यक्तिहरु छलफलमा रहेको अवस्थमा अर्को पक्ष अर्थात दाहाल नेपाल समूहले संसदीय दलको बैठक बोलाइसकेका छन् । संसदीय दलको बैठक दलको नेता वा उपनेताले बोलाउने गर्छ । ओली खेमाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको बैठकमा उत्पन्न परिस्थिती बारे छलफल भएको बताए ।
संविधानको व्याख्या गर्ने र क्षा गर्ने कार्य सर्वोच्च अदालत भएकोले अदालतको फैसला स्वीकार गर्दै त्यसबाट निस्कने परिणामहरुबारे छलफल भएको उनले बताए । यो निर्णयले मुलुकलाई कता लैैजान्छ भन्दै यस विषयमा छलफल गर्ने पनि उनले बताए ।