काठमाडौं – संविधानविद् भीमार्जुन आचार्यले सर्वोच्च अदालतको फैसलाले न्यायालय अझै स्वतन्त्र र सक्षम छ भन्ने स्थापित गरेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चले गरेको फैसलाले संविधानको पवित्रता जोगिएको र स्वेच्छाचारिता पराजित भएको उनले उल्लेख गरेका छन् । मंगलबार फेसबुक स्टाटस लेख्दै उनले सर्वोच्चको फैसलाले सिंगो देश, कानुनी व्यवस्था, न्यायालय र जनताको शिर उचो भएको जनाएका छन् ।‘‘फैसलाले न्यायालय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ । संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारिता पराजित भएको छ । विश्व मञ्चमा सिंगो देश, कानुनी व्यवस्था, न्यायालय र जनताको शिर उचो भएको छ ।
यसको सदुपयोग पुनःस्थापित संसद् र दलहरुले गर्न सकून् । विधिको शासन अझै मजबुत हुँदै जाओस्,’’ उनले स्टाटसमा लेखेका छन् ।