१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

रसुवा – नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ।

नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार अहिले सडक चौडा बनाउने कामले तीव्रता पाएको छ। मैलुङदेखि स्याफ्रुबेंसीको दूरी १९ किलोमिटर रहेको छ। जसमा १४ किलोमिटर सडकखण्ड चौडा बनाउने काम सकिएको छ। बाँकी ५ किलोमिटर रक क्षेत्र भएकाले केही समय लाग्ने देखिएको छ। सडकखण्डमा नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ।मैलुङ स्याफ्रु सडकखण्डमा अहिले काम गर्न कुनै पनि समस्या नआएको भए पनि बर्खाको समयमा प्राकृतिक प्रकोपले समस्या सिर्जना गर्न सक्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘अहिले सडकखण्डमा स्तरोन्नतिको काममा कुनै पनि समस्या आएको छैन,’ उनले भने, ‘तर बर्खाको समयमा समस्या आउन सक्छ।’ यो सडकखण्डमा ठाडो खोल्सा धेरै भएकाले सडकमा क्षति पुर्‍याउने सम्भावना छ।

दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघमा सकाउने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]