काठमाडाैं – असंवैधानिक तवरले संसद विघटन गरिएको भन्दै शनिबार पनि नागरिक प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै शनिबार काठमाडौंको माइतिघरमा नागरिक प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले सर्वसत्तावाद ढल्दैछ, निरंकुश सरकार चाहिँदैन, संविधानविरुद्धको षड्यन्त्र बन्द गर’ लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए । कार्यक्रममा डा गोविन्द केसीले मुलुकमा बेरोजगार, भ्रष्टाचार लगायतका समस्या रहेपनि नेताहरु भने सत्ताको लोभमा परेको बताए । उनले सरकारको असंवैधानिक कदम सच्चाउनुपर्ने धारणा पनि राखे ।
संसद विघटनपछि ‘अहिंसात्मक नागरिक प्रदर्शन’ को ब्यानरमा निरन्तर रुपमा विरोध प्रदर्शन हुँदै आएको छ ।