३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।
संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्नेछन् ।

नेकपा प्रचण्ड माधव पक्षले गत आइतबार चौथो चरणको आन्दोलन घोषणा गर्दै फागुन ५ गते देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने जनाएको थियो ।

यसैबीच काठमाडौमा भने विरोध प्रर्दशन फरक ढंगले हुने भएको छ । त्यसका लागि फागुन ६ गते बिहीबार प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय भएको नेता हिमाल शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]