०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – आफूले परिश्रम गरी कमाएको पैसा बचाउन ठूलै मेहनत, आर्थिक अनुशासन र दृढ प्रतिबद्धताको आवश्यकता पर्दछ । तर जीवनमा अन्य आवश्यकता पनि परिपूर्ति गर्नुपर्ने भएकाले कमाइको एउटा ठूलो हिस्सा खर्च गर्नुुपर्ने बाध्यतासमेत पर्ने गर्दछ । त्यसैले भविष्यका लागि पैसाको नियमित जोहो गर्न एउटा गतिलो आर्थिक योजाना बनाउनुपर्दछ । जसले गर्दा पैसाको बचत हुनुका साथै खर्च धान्नसमेत मद्दत पुग्ने गर्दछ ।

नियमित रुपमा बचत गर्ने बानी आफैँमा राम्रो कुरा हो । यसले तपाईंको वर्तमान आर्थिक अवस्था सुधार हुने गर्दछ र तपाईंको भविष्यका आवश्यकता परिपूर्ति गर्न सजिलो हुने गर्दछ । तर आफ्नो कमाइको एक हिस्सा बैंकमा जम्मा गरेर मात्रै तपाईंको पैसा बढ्नेवाला भने छैन । यदि तपाईं आफ्नो पैसा बढाउन चाहनुहुन्छ भने आफ्नो बचत भएको पैसालाई अन्य क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ आफ्नो आम्दानीका सम्बन्धमा हरेकले चासो राख्नुपर्छ । आफ्नो सीप तथा ज्ञानले कति आम्दानी भैरहेको छ । मेहनत गर्दा अझ बढी पैसा कमाउन सकिन्छ कि प्रयास गर्नुपर्छ । आफ्नो पैसा लगानी गरेर भन्दा आफ्नो सीप तथा दक्षताले गरिएको कामको परिणाम कम जोखिमपूर्ण हुन्छ । जसमा केवल समय खर्च गरे पुग्छ । अहिलेको बजार महिलामुखी छ, महिलाहरूले विविध क्षेत्रमा काम गर्ने अवसर पाइरहेका छन् र उनीहरूका लागि अवसर पनि बढिरहेको छ ।

नियमित रूपमा कर तिरेर सभ्य नागरिक बन्दा सन्तुष्टि मिल्छ । समयमा कर तिर्नेलाई राज्यले पनि विभिन्न सुविधा प्रदान गरिरहेको छ भने त्यसको फाइदा उठाउनुपर्छ । हरेक वर्ष कर तिर्नुपर्छ । आफ्नो अडिटरसँग पनि आफ्नो आय तथा करका सम्बन्धमा सोधपुछ गर्नुपर्छ । यसो गर्दा आफू सदैव चलाख भइन्छ भने राज्यको एक जिम्मेवार नागरिकको हैसियत पनि कायम रहन्छ ।आफ्नो पैसा बजारमा फसाउनुअघि विज्ञहरूसँग परामर्श लिनुपर्छ । लगानी गर्न लागेको संस्थाका बारेमा जानकारी लिनुपर्छ । आफ्नो आयलाई अल्पकालीन तथा दीर्घकालीन लगानीमा विभक्त गर्दा राम्रो परिणाम पाइन्छ । शेयर, बन्ड तथा फिक्स्ड डिपोजिटमा लगानी गर्दा बैंकहरूले राम्रो ब्याज दिइरहेका छन् । जीवन बिमा, शिक्षा तथा औषधोपचारमा लगानी अहिलेको जीवन शैलीका लागि आवश्यक छन् । कुनै पनि समयमा पैसाको आवश्यकता पर्न सक्छ । त्यसैले केही सञ्चित रकम आफूसँग राख्नुपर्छ ।

अहिलेको जमाना भनेकै क्रेडिटको हो । अहिलेका मानिसलाई क्रेडिट कार्डले निकै सजिलो बनाएको छ । पैसा नहुँदा पनि आफूलाई आवश्यक भएको सामान खरिद गर्न सकिन्छ । यसले जीवनलाई विलासी बनाइदिएको छ । पछि तिर्नुपर्ने भएकाले कतिपयले भोलि तिर्ने दिनलाई नसम्झी पैसा खर्च गर्छन् तर यसरी पैसा खर्च गर्नु मूर्खता हो । यस्तो बानी हटाउनुपर्छ । आवश्यक कामका लागि मात्र कार्ड प्रयोग गर्नुपर्छ । महिलाहरूले आफ्नो क्षमताअनुसार मात्र गाडी, घर तथा अरू सरसामान लिन सापट लिनुपर्छ । तिर्न सक्ने क्षमता छैन भने अनावश्यक टाउको दुखाउनुहुँदैन ।यो परम्परागत उपाय भए पनि अहिले यसको चलन निकै बढेको छ । आफ्ना बुबाआमा तथा सासू–ससुराले उपहारमा दिएका गहना आफ्नै पेवा हुन् । त्यसैले गहना जोड्ने क्रम निरन्तर अघि बढाउनुपर्छ । गहनाहरू अहिले लगानीका राम्रा माध्यम बनेका छन् । घरमा भएका चाँदीका भाँडाको मूल्य पनि बढिरहेको छ । यस्ता भाँडा वा गहना कुनै पनि समयमा बेचेर आफ्नो गर्जो टार्न सकिन्छ ।बचत गर्न सकिएन भनेर कदापि चिन्तित हुनुहुँदैन । बरु आफ्नो चेतना स्तरको सदुपयोग भरपूर गरिनुपर्दछ । बचत गर्न सबैभन्दा पहिला, आकस्मिक कोषको लागि बचत गर्ने, दोस्रो उच्च ब्याजदरका ऋण घटाउने, तेस्रो अवकाशपछिको जीवनका लागि रकम जम्मा गरिराख्ने र चौथो सावधिक जीवन बिमा गर्ने गरेमा वर्तमान तथा भविष्य सधैँ सुरक्षित र सुन्दर भइरहने हुन्छ । हामीले दैनिक जीवन व्यतीत गरिरँहदा थोरै कुरामा मात्र सचेतना अपनाउन सकियो भने पनि आफ्नो आर्थिक स्थिति सुधार भएर जानेछ ।

वर्तमानमा असल कार्य गरियो भने भविष्य सुरक्षित हुन्छ । जस्तै– धूममान, मदिरापान नगर्ने, आवश्यक नभएको समयमा टिभी, रेडियो, बत्ती, म्युजिक सिस्टमजस्ता इलेक्ट्रोनिक सामग्री बन्द गर्ने, घरमा भएका पुराना तथा अनावश्यक वस्तुहरु बिक्री गरिदिने, आवश्यक पर्न सक्ने बिग्रिएका वस्तुहरु तथा कपडाहरु तालिका बनाएर मर्मत गर्ने, खरिद छुट पाएको बेलामा ठूलो मात्रामा सामान उठाउने, तयारी खानेकुरा धेरै नखाने गरेमा बचत हुन मद्दत पुग्छ ।त्यसै गरी नियमित योग गर्ने, पानी नियमित पिउने, तनाव नलिने, वार्षिकरुपमा शुल्क बुझाइरहनुपर्ने तर प्रयोग गर्न नभ्याउने संस्थाको कार्ड नवीकरण नगर्ने, दराजबाट नलगाउने कपडाहरु हटाउने, लगाउने कपडा मात्र खरिद गर्ने, आफूले प्रयोग गरेर खालि भएको कोठा, फ्ल्याट भाडामा दिने जस्ता सामान्य बानीले हाम्रो बचत बढाउँछ । साथमा एउटा नोटबुक सधैँ साथमा लिने गर्नुहोस्, ताकि महत्वपूर्ण र लाभदायक जानकारी नोट गर्न पाइयोस् ।

त्यस्तै, आफूले नोकरी गर्ने कम्पनीबाट प्राप्त हुने सम्पूर्ण सुविधाको बारेमा जानकारी राख्नुहोस् । सकेसम्म सुरक्षित र ब्याजदर बढी दिने बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुहोस् । क्रेडिट कार्डको अधिक प्रयोग नगर्नुहोस् । बैंकले प्रदान गर्ने मोबाइल बैंकिङ सुविधाको अधिक प्रयोग गर्नुहोस् । सकेसम्म नगदमा कारोबार नगर्नुहोस् । यसबाहेक, आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट गर्नुहोस् । सपिङ बिल, स्कुल÷कलेजको बिल, मोबाइलको बिल, बत्ती, पानीको बिलको नियमित मासिक रुपमा अध्ययन गर्ने र छुटको समयभित्रै भुक्तानी गर्ने, भएको खर्चको तालिका बनाउने, प्राथमिकता निर्धारण गर्ने, बजेट बनाउने, बचतको लागि योजना बनाउने, दैनिक वा साप्ताहिक वा मासिक रुपमा नियमित बचत गर्ने र बचत वृद्धिको विश्लेषण गर्ने लगायतका बानी बसाउनाले तपाईंको बचत वृद्धिमा ठूलो मद्दत पु¥याउँछ ।बचत गर्ने बानी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]