१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

धनगढी – गौरीगंगा नगरपालिका–५ अन्डियाकी २६ वर्षीया कला धामीको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । बस्तीछेउको पुष्पाञ्जली सामुदायिक वनमा उनलाई मार्ने बाघ नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रहरी र वनरक्षक परिचालन गरेको छ ।

बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिने आदेश दिइएको छ । क्यामेरा ट्र्यापिङ र बाघ देखिएको ठाउँ आसपासमा सुरक्षाकर्मी परिचालन गरेर बाघको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।यसअघि गत शुक्रबार राजीपुरको वनछेउमा अचानक बाघ निस्केपछि एक स्थानीयले रूखमा चढेर ज्यान जोगाएका थिए । त्यसकै अघिल्लो दिन कैलारी–८ का दुर्गाप्रसाद चौधरी बाघको आक्रमणबाट घाइते भएका थिए ।भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको वसन्ता संरक्षित वनक्षेत्र आसपासका बस्तीमा केही दिनदेखि देखिन थालेको उक्त पाटेबाघ नरभक्षी बनेको कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलको भनाइ छ । ‘मान्छेको रगत र मासु खान पल्केपछि बाघ नरभक्षी बन्छ,’ उनले भने, ‘यो बाघले पनि मान्छे मारिसकेकाले अब नरभक्षी बन्दै गएको मान्न सकिन्छ ।’

उनका अनुसार बच्चा पाएको माउ बाघ आफ्नै सुरक्षाका लागि, घाइते भएको अवस्थामा, बूढो र भोको भएमा मात्रै नरभक्षी हुन्छ । बाघ र बघिनी दुवै दुधुवाबाट सँगै वसन्ता संरक्षित क्षेत्रमा आहाराको खोजीमा आएको हुन सक्ने उनको आकलन छ । आइतबार अन्डिया, मसुरिया, राजीपुरलगायत क्षेत्रमा उक्त बाघ देखिएको स्थानीयबाट जानकारी पाएको उनले बताए ।अधिकृत कँडेलले अन्डिया, राजीपुर र कैलारीमा स्थानीयलाई आक्रमण गर्ने बाघ एउटै हुन सक्ने जनाए । ‘वसन्ता संरक्षित क्षेत्र कैलारी–८ मा दुधुवा नेसनल पार्कसँग जोडिएको छ,’ उनले भने, ‘सीमा वारपार गर्ने यो जैविक अन्तर्राष्ट्रिय मार्ग पनि हो ।’

दुधुवा निकुञ्जबाट बाघ, हात्तीलगायत ठूला वन्यजन्तु विभिन्न समयमा वसन्ता संरक्षित क्षेत्र प्रवेश गर्छन् । करिब २५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको वसन्ता क्षेत्र तराई भूपरिधि कार्यक्रमको एक मुख्य अन्तर्राष्ट्रिय जैविकमार्गभित्र पर्छ । २ वर्षअघि पनि दुधुवाको पाटेबाघ यस क्षेत्रमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]