१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौं – भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन् । भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार विज्ञापन पनि जारी भएको जनाइएको छ । यसअघि भारतीय सेनामा नेपालका पहाडी मुलका युवाहरु मात्र समावेश हुँदै आएका थिए ।अमेरिकाको न्यूजर्सी राज्यमा रहेको मधेश मानवाधिकार(मधुर)ले भारतीय सेनामा मधेशी युवाहरुलाई पनि समावेश गर्नु पर्ने माग गरेका थिए ।मधुरका संयोजक डा.चन्दन सिंहका अनुसार दशकौं पुरानो भेदभाव अन्त्य गर्दै मधेशी समुदायलाई समान अवसर प्रदान गर्न भारत सरकारले उठाएको कदम सकारात्मक रहेको छ ।‘हामी आशा गर्दछौं कि मधेशी समुदायका युवाहरूले यस अवसरको ठूलो उपयोग गर्नेछन् ।’ डा.सिंहले भने, ‘यसले मधेश र भारतबीच रणनीतिक र दुर्लभ सम्बन्धलाई अझ मजबुत बनाउनेछ ।’

मधुरका सदस्य वन्दना महतोले भविष्यमा भारत सरकार, रक्षा मन्त्रालयले मधेशका लागि छुटै मधेशी रेजिमेन्टको व्यवस्था गर्न अनुरोध गरिन् । ब्रिटिश गोर्खा रेजिमेन्टमा पनि मधेशी युवाहरुलाई समावेश गर्न पहल भइरहेको मधुरका सचिव सशांक गुप्ताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]