१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौँ – नेकपा दाहाल-नेपाल पक्षले दलको विवाद नमिलाएर कसरी चुनाव हुन्छ भन्दै निर्वाचन आयोगलाई प्रश्‍न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा दाहाल–नेपाल पक्षका नेताहरूले नेकपा विवाद हल नै नभएको अवस्थामाा आयोगले निर्वाचन गर्न नसक्ने बताएका थिए ।

छलफलमा सहभागी समूहका नेता लीलामणि पोखरेलले ६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरू हल नगरी निर्वाचन गर्न नसकिने बताएको जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएको छ । एउटा नेकपाको नेतृत्व प्रधानमन्त्री ओली तथा अर्को कित्ताको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल रमाधवकुमार नेपालले गगरेका छन् ।दुबैले आफूलाई आधिकारिक दाबी गरे पनि कुनचाहिँ आधिकारिक नेकपा हो भन्ने निर्णय निर्वाचन आयोगले दिन सकेको छैन । नेता पोखरेलले दलसम्बन्धी विवादबारे परेको विषयमा छिटो टुङ्गो लगाउनुपर्ने धारणा राखे । छलफलमा अन्य दलका प्रतिनिधिहरूको पनि सहभागिता थियो । सरकारले तोकेको मितिमा निर्वाचन गर्ने तयारी स्वरुप आयोगले आचारसंहितका बारेमा दलका प्रतिनिधिहरुसंग छलफल गरेको हो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरेको छ ।

आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]