१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

एजेन्सी । अक्सफोर्ड–एस्ट्रेजेनेका खोपले बालबालिकामा कतिको काम गर्छ भनेर बेलायतमा नयाँ परीक्षण हुँदैछ । बीबीसीका अनुसार यस परीक्षणमा ३ सय स्वयम् सेवकले सहभागिता जनाउँदैछन् । फेब्रुअरीको अन्त्यमा उनीहरुलाई पहिलो डोज लगाइनेछ ।

खोपले ६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा बलियो प्रतिरोधी प्रतिक्रिया उत्पन्न गराउँछ वा गर्दैन भनेर अनुसन्धानकर्ताहरुले परीक्षण गर्नेछन् । अनुसन्धानमा सहभागिता जनाउनका लागि चारवटा अध्ययन क्षेत्र नजिक बस्ने स्वयम् सेवकहरुलाई आह्वान गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय, लण्डनस्थित सेन्ट जर्ज विश्वविद्यालय अस्पताल, साउथ ह्याम्पटन विश्वविद्यालय अस्पताल र ब्रिस्टल रोयल बाल अस्पताल यस परीक्षणका अध्ययन क्षेत्र हुन् । परीक्षणमा सहभागिता जनाउन चाहनले छोटो प्रश्नोत्तरमा सहभागी हुनुपर्नेछ । पेडियट्रिक संक्रमण तथा इम्युनिटीका प्रोफेसर एन्ड्रियु पोलार्डले अधिकांश बालबालिकाहरु कोरोनाबाट प्रभावित नभएको बताए । अक्सफोर्ड भ्याक्सिन परीक्षणका मुख्य अनुसन्धानकर्ता समेत रहेका पोलार्डले बालबालिकाहरु भाइरसबाट बिरामी हुने सम्भावना निकै कम रहेको बताए । यद्यपि, बालबालिका र युवामा खोपको सुरक्षा र प्रतिरोधी प्रक्रिया स्थापित गर्नु महत्वपूर्ण रहेको उनले बताए, यस्तो हुँदा केही बालबालिकालाई फाइदा पुग्नेसक्ने उनको धारणा छ ।

बेलायतमा अक्सफोर्ड–एस्ट्रेजेनेकाको खोपलाई बालबालिकामा प्रयोग गर्ने अहिलेसम्म कुनै योजना बनेको छैन, बेलायतमा अहिलेसम्म १८ वर्षमाथिका व्यक्तिमा मात्रै यो खोपले प्रयोगको अनुमति पाएको छ । त्यस्तै, फाइजर–बायोन टेक खोपले पनि १६ वर्षमाथिका व्यक्तिहरुमा मात्रै प्रयोगको अनुमति पाएको छ । यसको अर्थ १६ वर्षमुनीका व्यक्तिहरुमा अति खराब अवस्थामा पनि खोपको प्रयोग हुँदैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]