१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

नेपालगन्ज उपमहानगरमा खानेपानीको समस्या समाधान गर्न भन्दै सञ्चालित राप्ती नदीको पानी ल्याई वितरण गर्ने योजना ढिलाइ भएको छ । राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी नेपालगन्ज सहरमा ल्याएर खानेपानी समस्या समाधान गर्ने योजनाअघि बढाइए पनि निर्माणकार्यमा ढिलाइ भएको हो ।

आर्थिक वर्ष ०७३÷७४ सालदेखि सुरु भएको योजनाअन्तर्गत गत पुस मसान्तमा सक्नुपर्ने भए पनि हालसम्म ६० प्रतिशतमात्र निर्माणको काम सकिएको नेपाल खानेपानी संस्थान नेपालगन्जले जनाएको छ । आयोजनाअन्तर्गत राप्ती नदी किनारमा सम्बेल निर्माण गरी त्यहाँबाट करिब १७ किलोमिटर पाइपलाइन बिच्छ्याएर पानी ल्याउने योजना रहे पनि निर्माणस्थल आसपासको जग्गामा विवाद उत्पन्न हुँदा आयोजनाले गति लिन नसकेको संस्थान शाखा कार्यालय नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए । “जग्गा विवाद हुँदा लामो समयसम्म कानुनी झन्झट बेहोनु प¥यो,” उनले भने, “त्यस्तै हुलाकी सडकको पिच खन्न सहमतिलगायत कार्यले ढिलाइ भएको हो ।” हाल सो क्षेत्रको जग्गा प्राप्ति, उपमहानगरपालिकाको पिच खन्ने अनुमति र ट्रस्ट ब्रिजलगायतका समस्या समाधान हुने प्रकृयामा रहेकाले वैशाखको अन्तिमसम्म पानी तानेर परीक्षणमा ल्याइने उनको भनाइ छ ।

बढ्दो सहरीकरणका कारण खानेपानीको समस्या बढ्दै गएपछि नेपालगन्जमा राप्ती नदीको पानी ल्याएर वितरण गर्ने दीर्घकालीन योजना नेपाल खानेपानी संस्थानले अघि बढाएको हो । तर, योजना सम्पन्न हुनुपर्ने बेलासम्म पनि निर्माणकार्यले गति नलिँदा नेपालगन्जवासीको पानी उपभोग गर्ने सपना अझै लम्बिने भएको छ । आयोजनाअन्तर्गत हाल निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि विभिन्न प्रकृयागत ढिलाइ हुँदा आयोजनाको अवधि २०७८ पुस ९ गते सम्मका लागि लम्ब्याउने तयारी थालिएको छ ।राप्ती खानेपानी आयोजनाअन्तर्गत नेपालगन्जमा प्रतिदिन २ करोड ५० लाख लिटर पानी ल्याएर वितरण गरिने छ । त्यसका लागि राप्ती नदी किनारमा तीनवटा सम्बेल निर्माण गरी नेपालगन्जका विभिन्न स्थानमा तीनवटा ओभरहेड ट्यांकीबाट पानी वितरण गर्ने गरी काम अघि बढेको आयोजनाका सबइन्जिनियर भुपाल भण्डारीले बताए । ओभरहेड ट्यांकी निर्माण भइसकेकाले पाइपलाइन विस्तार र अन्य कार्य भए आयोजना चाँडै सकिने उनी बताउँछन् ।कुल ३१ करोड ६२ लाख रुपैयाँको लागतमा संचालन भएको आयोजनाअन्तर्गत सम्बेल निर्माणको ७० प्रतिशत, पाइपलाइनको ६० प्रतिशत र विद्युतीकरणको १० प्रतिशत प्रगति भएको संस्थानले जनाएको छ । हाल देखिएका चुनौतीको समाधान हुने प्रकृया थालिएकाले अब निर्वाध रूपमा काम भए वैशाख अन्तिमसम्म पुरैनीसम्म पाइपलाइन विस्तार गरी पानी वितरण गरिने संस्थानको लक्ष्य छ । पुरैनीमा पानी पुगेपछि त्यहाँबाट काँरकादो, आलानगर र वागेश्वरी मन्दिरनजिकैका ओभरहेड ट्यांकीमा वितरण गरिने प्रमुख श्रेष्ठले बताए ।

नेपालगन्जमा करिब २८ हजार घरधुरीमा एक लाख ३८ हजार जनसंख्या रहेको तथ्यांक छ । जसमध्ये हाल ४ हजार ७ सय घरमा मात्र दैनिक ६० लाख लिटर पानी वितरण गरिँदै आइएको छ । राप्ती खानेपानी आयोजना सम्पन्न भए प्रतिदिन अढाइ करोड लिटर पानी ल्याएर नेपालगन्ज उपमहानरका सबै घरमा पु-याउने लक्ष्य संस्थानको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]