०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

बुटवल — प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका-३ चिडियाखोलाबाटबाट पाल्पाको तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्दै आउँदो फागनु १ गते त्यसको उद्घाटन गरिने विश्वास व्यक्त गरे ।केबलकार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तराईमा प्रचण्ड गर्मी हुँदा पहाडमा जाने र शीतलता खाने केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने छ । नेपालका मात्र होइन भारतको उत्तर प्रदेशसम्मका पर्यटक तान्ने माध्ययम बनाउन सकिने छ ।’

केबलकार शिलान्यासपछि प्रधानमन्त्री ओलीले बुटवलमा आयोजना हुने आमसभालाई सम्बोधन गर्दैछन् ।त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले तोकिएकै समयमा केबलकार निर्माण सक्न र पर्यटनमा टेवा पुर्‌याउन आग्रह गरे । बुटवल र आसपासमा अथाह सम्भावना रहेको बताउँदै उनले बिस्तारै यसको उपयोग गरेर राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‌याउनुपर्ने बताए ।केबलकारको बुटवल-३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका-३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । लुम्बिनी केबुलकार प्रालिका सञ्चालक विश्वकर्माले ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुने बताए ।नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गत उक्त क्षेत्रमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको २५ वर्षका लागि भोगाधिकार गर्न स्वीकृति दिएपछि केबुलकार निर्माणको बाटो खुलेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]