१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

दाङ-नेपाल सरकारले पहिलो पटक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनिटेरी प्याड प्रदान गर्न थालेको छ ।

विद्यालयमा अध्ययनरत ११ वर्षदेखि माथि उमेरका छात्रालाई सेनिटेरी प्याड प्रदान गरिने भएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ४ देखि कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड प्रदान गर्न थालिएको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिए । संघीय सरकारबाट ससर्त अनुदानअन्तर्गत आएको बजेटवाट सेनिटेरी प्याड प्रदान गरिने उनको भनाइ छ । “सरकारी निकायबाट पहिलो पटक सेनिटेरी प्याड वितरण गर्न थालिएको हो,” महाशाखा प्रमुख गौतमले भने । स्थानीयस्तरमा विभिन्न संघसंस्थाले सेनिटेरी प्याडको सहयोग गर्दै आएका थिए ।यसका लागि घोराही उपमहानगरपालिका अन्तर्गत रहेको ७८ वटा सामुदायिक विद्यालयमा रकम पठाइ सकिएको उनले बताए । जसमा १० हजार ३ सय ९० छात्रा रहेको प्रमुख गौतमले बताए । घोराही उपमहानगरपालिकामा ९२ वटा विद्यालय रहे पनि अन्य विद्यालयमा मापदण्डअनुसार नपर्ने भएकाले ७८ वटामा मात्र रकम पठाइएको महाशाखाले जनाएको छ । छात्राहरूलाई सेनिटेरी प्याड प्रदान गर्नका लागि संघीय सरकारबाट चालू आर्थिक वर्षमा ७७ लाख बजेट आएको थियो । अहिले विद्यालयलाई ४३ लाख ६३ हजार ८ सय रुपैयाँ विद्यालयहरूको खातामा पठाइ सकिएको महाशाखाले जनाएको छ । “छात्राहरूको संख्याको आधारमा हामीले विद्यालयको खातामा रकम पठाइ सकेका छौं,” प्रमुख गौतमले भने । विद्यालयले छात्रालाई सेनिटेरी प्याडको व्यवस्था गर्नेछ । एकजना छात्रालाई एक महिनाका लागि २ प्याकेट सेनिटेरी प्याड प्रदान गरिने छ । यसका लागि सरकारले पहिले नै कार्यक्रम पठाइ सकेको थियो । तर बजेट भने ढिला आएको उनले बताए । “बजेट ढिला आएका कारण हामीले पनि विद्यालयमा ढिला रकम पठाएका हांै,” गौतमले भने । स्वास्थ्य र सरसफाइ महत्वपूर्ण रहेकाले विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटेरी प्याड वितरण गर्न थालिएको उनको भनाइ छ ।
महिनावारी हँुदा धेरै छात्राले विद्यालय छोडने भएकाले उनीहरूले विद्यालय छोडन नपरोस् भनेर यस प्रकारको कार्यक्रम ल्याइएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीको समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराएमा उनीहरूको स्वास्थ्यमा सुधार गरी सोही कारणले विद्यालय छाडने समस्या समाधान गर्न र गुणस्तरीय शिक्षाको प्रत्यभूति हुने राज्यको अपेक्षा छ ।

शून्य दरबन्दी रहेका विद्यालयमा शिक्षक पठाउने तयारी :
घोराही उपमहानगरपालिकाभित्र रहेका माध्यमिक तहसम्म सञ्चालन भएका तर मावि तहमा १ जनाको पनि दरबन्दी नभएका विद्यालयमा दरबन्दी शिक्षकलाई काजमा पठाउन थालिएको छ । मावि सञ्चालन भएका तर एउटा पनि दरबन्दी नभएका १० वटा माध्यमिक विद्यालयमा शिक्षक पठाउने घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । यसका लागि सार्वजनिक सूचना प्रकाशित गरेर निवेदन माग गरिएको हो । “एउटा पनि दरबन्दी नभएका विद्यालयमा शिक्षक पठाउन थालिएको हो,” महाशाखा प्रमुख गौतमले भने । एकजना शिक्षक गए पनि केही मात्रामा भए पनि विद्यालयलाई सहयोग पुग्ने उनको भनाइ छ । दरबन्दी मिलान गर्ने भनेर पटकपटक प्रयास थालिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । यसले गर्दा सहरी क्षेत्रमा विद्यार्थी अनुपातमा शिक्षक धेरै छन् भने ग्रामीणस्तरका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक संख्या अपुग छ ।
महाशाखाले अहिले जनता मावि नयाँगाउँ बुका, मावि झिगनी वञ्जाडी, मावि जजरागाउँ जयशेर मावि रावतगाउँ, बालविकास मावि, जनजागृति मावि लमडरुवा, बालकल्याण मावि खैरा, मावि ढिकपुर, भगवती मावि होडवाङ, अन्तर्राष्ट्रिय युवा वर्ष मावि तोषमा माविको शिक्षक पठाउने योजना बनाएको छ ।

यही माघ १९ गते बसेको नगर शिक्षा समितिले मावि तहको अनुमति लिई सञ्चालन भएका तर मावि तहको एउटा पनि दरबन्दी नभएका विद्यालयमा कम्तीमा एकजना माध्यमिक तहको शिक्षक काजमा खटाउने निर्णय गरेको थियो । त्यसैअनुसार महाशाखाले १५ दिनको समय दिएर सूचना प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]