२६ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

काठमाण्डु – नेकपा एमालेका कर्णाली प्रदेश सांसद मोहन बानियाँले आफूमाथि बलात्कारको आरोप लागेको समाचारको खण्डन गरेका छन् ।

जुम्लाकी एक शिक्षिकाले आफूलाई बलात्कारको आरोप लगाएर फसाउने प्रयास गरेको भन्दै सांसद बानियाँले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेका हुन् । नेता बानियाँले उक्त प्रकरणले आफ्नो मानमर्दनमा आँच पुगेको बताउँदै आरोप लगाउँने ती महिला र आफूबीच आर्थिक कारोबार रहेकै बखत उक्त प्रकरण निकालिएको बताएका छन् ।

‘आज केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिकासँग नाम जोडेर छापिएको अती भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मानमर्दनमाथि गम्भीर चोट पुगेको छ । मसँग जोडिएको शिक्षिकासँग चेक बाउन्ससम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम हुन सक्छ कि सक्दैन, त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो,’ उनले भनेका छन् ।

त्यसैगरी उनले आफुलाई फसाउने प्रयास गरेको र आवश्यक पर्दा आफूले प्रमाणहरु बाहिर ल्याउन सक्ने समेत बताएका छन् । उनले सत्यतथ्य नबुझी समाचार नलेख्न सञ्चार माध्यमहरुलाई आग्रह समेत गरेका छन् ।

‘आवश्यक पर्दा धेरै प्रमाणहरु हामीसँग सुरक्षित छन् । यो बेइज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो, यो त धोका र बैमानीको ठुलो पराकाष्ठा हो । त्यसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]