३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १८, २०७८

बर्दिया – टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको मृत्यु हुनाका साथै सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएका छन् । दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

सुर्खेतको वीरेन्द्रनगरका चालक दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय र आफन्तले चालकमाथि कडा कारबाही र क्षतिपूर्ति माग गर्दै नेपालगन्ज–गुलरिया सडकखण्ड मंगलबार बिहानदेखि भोलागौढी खण्डमा चक्काजाम गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]