३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

काठमाडौं – कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । गएराति इरानले इराकमाथि १० को जित निकाल्दै एशियाबाट छनोट हुने पहिलो देश बनेपछि १४ देशले कतारको टिकट निश्चित गरेका हुन् ।

अयोजकको रुपमा कतार छनोट भइसकेको छ । यूरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरु छनोट भइसकेका छन् ।

अफ्रिकाबाट ५, एशियाबाट ४ सिधै र १ ले प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम छ ।

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाचौं हुनेले दक्षिण अमेरिकाको पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।

छनोट भएका देश
१. कतार
२. जर्मनी
३. डेनमार्क
४. ब्राजिल
५. फ्रान्स
६. बल्जियम
७. क्रोएशिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्यान्ड
११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड्स
१३. अर्जेन्टिना
१४. इरान

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]