२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

सप्तरी – उत्तर कोरियाले फेरि एकपटक जापानको सागरमा मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्षण आज (बिहीबार) बिहान भएकाे हाे ।

योसँगै उत्तर कोरियाले यस वर्ष गरेको यो छैटौं मिसाइल परीक्षण हो । उत्तर कोरियाले यो वर्षको पहिलो परीक्षण जनवरी ६ मा गरेको थियो । उत्तर कोरियाले ६ दिनअघि पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी लगाउन संयुक्त राष्ट्रसङ्घसँग अपिल गरेको थियो तर चीन र रुसले त्यसको प्रयासलाई रोकेका थिए ।

अमेरिकाले गत हप्ता मिसाइल प्रक्षेपणमा एकतर्फी प्रतिबन्ध लगाएको थियो । अमेरिकाले रुस र चीनबाट परीक्षण कार्यक्रमका लागि सामग्री खरिद गरेको आरोपमा ६ उत्तर कोरियाली, एक रुसी र एक रुसी फर्मलाई कालोसूचीमा राखिएको छ ।

अमेरिकाले आणविक कार्यक्रम रोक्न दबाब पनि दिइरहे पनि उत्तर काेरियाले भने अटेर गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]