२० फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

सप्तरी – राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं २
९हालै मधेस प्रदेश नामकरण० मा राजनीतिक गतिविधि सञ्चालन गरको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय बढदै गरेको कोराना सङ्क्रमणका कारण बाँकी तीन प्रदेशमा अहिलेलाई भेला तथा भीडभाड हुने राजनीतिक कार्यक्रम स्थगन गरेको पार्टीले स्थानीय तहको समयावधि सकिन लागेको अहिलेका अवस्थामा नयाँ निर्वाचनअगावै प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडास्तरसम्म सङ्गठन सुदृढीकरणका लागि योजना बनाएको थियो ।

गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित कार्यसमितिले कोराना सङ्क्रमण न्यूनीकरण हुनेबित्तिकै भेला तथा सङ्गठन विस्तारका अभियान सञ्चालन गर्ने जनाएको छ ।

पार्टीले संसदीय समिति, निर्देशन समिति, योजना तथा अनुगमनलगायत समिति तथा ४० भन्दा बढी विभाग गठन गर्न बाँकी छ । पार्टीले विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन हालै निर्वाचन आयोगले दिएको सुझावमा नेता श्रेष्ठले भने, “कुन राजनीतिक दलले कुन सिद्धान्त अवलम्बन गर्ने भन्ने विषय नितान्त पार्टीको हुनुपर्छ, त्यो विचारलाई चुनावमा जनताले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्छन् ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]